शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न उपराष्ट्रपतिले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १ फागुन २०७९ १५:५५ | Monday, February 13, 2023
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न उपराष्ट्रपतिले गराए सरकारको ध्यानाकर्षण

जनकपुरधाम– उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। २८औँ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति सम्झौता पूर्णकार्यान्वयनकालागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत हुने कामहरूलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। वृहत शान्ति सम्झौता भएको १६ वर्ष पूरा भई सके पनि सम्झौताहरू पूर्णकार्यान्वयन हुन नसकेकोमा उपराष्ट्रपतिले चिन्ता व्यक्त गरे।

‘वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूरा गर्ने मेरो विश्वास छ। बाँकी काम पूरा गर्न म सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।

संविधान पूर्णकार्यान्वयनका लागि अझै मेहनत गर्नुपर्ने बताउँदै उनले संविधानलाई अग्रगामी भनिरहँदा यसलाई थप समृद्ध बनाउन र पूर्णकार्यान्वयनका लागि अहिले धेरै नै मेहनत गर्नुपर्ने आवश्यकता औंल्याए।

‘संविधान सहमतिको एउटा दस्तावेज हो। गतिशील दस्तावेज रहेकाले यसलाई समय र सन्दर्भअनुसार अझै उत्कृष्ट बनाउन सकिन्छ,’ उनले भने, ‘आवश्यक विषयमा संविधान संशोधन गर्न सकिन्छ।’

प्रकाशित: १ फागुन २०७९ १५:५५ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast