दैलेख २ (क) मा कांग्रेसका भण्डारी निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ २०:४४ | Wednesday, November 23, 2022
दैलेख २ (क) मा कांग्रेसका भण्डारी निर्वाचित

दैलेख– दैलेख २ (क) मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन्। नेकपा एमालेका तिलक रिजाललाई एक हजार तीन सय पाँच मतले फरक पार्दै भण्डारीले १० हजार आठ सय मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का यज्ञबहादुर थापाले चार सय ७८, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले चार सय ७२, नेमकिपाका मदन भण्डारीले तीन सय ३७, स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले दुई सय ७० मत प्राप्त गरेका छन्।

दैलेख २ (क) मा २२ हजार नौ सय ४२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ।

प्रकाशित: ७ मंसिर २०७९ २०:४४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast