काठमाडौँ- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीसहित तीन सन्तानलाई घाइते बनाएका छन्।
३८ वर्षीय अम्मर सलामी मगरले घरायसी विवाद हुँदा आफ्नै श्रीमती वर्ष ३५ की मनिषा सलामी मगर, छोरा वर्ष १२ का तपेन्द्र सलामी, वर्ष ६ का मिलन सलामी र छोरी वर्ष ३ की करिस्मा सलामीलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् ।
घाइते सबैको अवस्था गम्भीर रहेको र उपचारका लागि एम्बुलेन्समार्फत नगर अस्पताल दुल्लु, दैलेखतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको छ। घटना गराउने अम्मर सलामी मगर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ५ मंसिर २०८३ १३:०५ | Saturday, November 21, 2026
प्रतिक्रिया



