‘उज्यालो तनहुँ’ घोषणा गरिने

हिमाल प्रेस १ फागुन २०७९ १४:११ | Monday, February 13, 2023
‘उज्यालो तनहुँ’ घोषणा गरिने

म्याग्दी- विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ।
विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तीव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए। उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ।

बन्दीपुर–६ स्थित साराङघाटमा ३३/११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उनले बताए।

देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिंगा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पुर्‍याउन बाँकी छ।

‘ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ’, उनले भने। त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ। उनले भने, ‘एक÷दुई घरमा विद्युत् पु¥याउन धेरै खम्बा आवश्यक पर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन्।’

जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन्। विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले ३८ लाख १५ हजार सात सय २३ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ।

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म ३८ लाख १५ हजार सात सय २३ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ भने ९० लाख ९० हजार दुई सय ७७ रुपैयाँ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ।

प्रकाशित: १ फागुन २०७९ १४:११ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast