क्यान्सरपीडित पत्रकार कवीन्द्र सेर्माको निधन

हिमाल प्रेस ५ मंसिर २०८३ ८:३८ | Saturday, November 21, 2026
क्यान्सरपीडित पत्रकार कवीन्द्र सेर्माको निधन

काठमाडौँ- तीन दशकदेखि पत्रकारितामा आबद्ध कवीन्द्र सेर्मा (कालिबहादुर) को निधन भएको छ। क्यान्सर रोगबाट पीडित सेर्माको गएराति काठमाडौँमा निधन भएको हो।

पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए। उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए। पाँचथरका लागि रेडियो नेपालका संवाददाता रहेका थिए। त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएका थिए। रेडियो समात्ल्हुङ र रेडियो इगलमा संस्थापक म्यानेजर रहेका थिए । त्यसपछि उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए।

सेर्मा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका संस्थापक अध्यक्षसमेत हुन्।

प्रकाशित: ५ मंसिर २०८३ ८:३८ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast