निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुन्छ : आयोग

हिमाल प्रेस ४ मंसिर २०८३ १६:३२ | Friday, November 20, 2026
निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुन्छ : आयोग

काठमाडौँ- निर्वाचन आयोगले सबैको सहमतिअनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ।

शुक्रबार प्रमुख राजनीतिक दलहरुसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताए। उनले निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुने उल्लेख गरे।

संघ र प्रदेशको चुनाव सँगै तथा स्थानीय तहको चुनाव अलग समयमा गर्ने परिकल्पनाअनुसार कानुनी र संवैधानिक व्यवस्था गरिए पनि गत वर्ष विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएकाले तालिकामा फेरबदल परेको उनले बताए।

उनले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले दलहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आयोगले परामर्श उपलब्ध गराउने उल्लेख गरे।

निर्वाचन आयोग निर्वाचन गर्न स्थापित संवैधानिक निकाय भएकाले निर्वाचनका लागि तयार रहेको उनको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०८३ १६:३२ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast