हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकै परिवारका ३ घाइते

हिमाल प्रेस १ मंसिर २०८३ ८:३२ | Monday, November 16, 2026
हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, एकै परिवारका ३ घाइते

नवलपुर- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोला पुल नजिकै हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका अरु तीन जना घाइते भएका छन्।

काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०१-००३० च ८१६७ नम्बरको गाडी चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १५-२० मिटर टाढा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका ३ का ३६ वर्षीया दीपिका तिमिल्सिनाको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

गाडीका चालक उनका श्रीमान् ३७ वर्षका गणेश तिमिल्सिना, १५ वर्षीया छोरी प्रवेशा र छोरा १२ वर्षीय रयास घाइते भएका छन्। घाइतेमध्ये गणेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १ मंसिर २०८३ ८:३२ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast