उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन [तस्बिरहरू]

हिमाल प्रेस १ मंसिर २०८३ ७:३९ | Monday, November 16, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन [तस्बिरहरू]

जनकपुरधाम- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ। गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । जनकपुरधामका विभिन्न घाटमा बर्तालुले निराहार बसेर छठ मनाएका थिए।

महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्।

यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिएका थिए। अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै

व्रतालुु छठी घाटबाट घर फर्केका छन्। यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ। अस्ताउँदा सूर्यदेवलाई पहिलो अघ्र्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ।

प्रकाशित: १ मंसिर २०८३ ७:३९ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast