कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता

हिमाल प्रेस २९ कार्तिक २०८३ १६:१५ | Sunday, November 15, 2026
कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको जिल्ला अधिवेशन पुसको पहिलो साता गर्ने जानकारी दिएका छन्। त्यसलगत्तै केही दिनपछि प्रदेश अधिवेशन गर्न लागिएको उनले बताए।

छठ मनाउन सर्लाही पुगेका थापाले आइतबार त्यहाँ आयोजित एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। उनले यसबारे पार्टीमा निर्णय गर्न भने बाँकी रहेको बताए।

नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन गरे पनि जिल्ला र प्रदेश अधिवेशन गर्न बाँकी छ।

सभापति थापाले जिल्ला र प्रदेशको अधिवेशनपछि पार्टी स्थानीय तहको निर्वाचनमा सक्रिय हुने बताए। थापा पत्नी अञ्जना केसीका साथ छठ मनाउन सर्लाही निर्वाचन क्षेत्र ४ मा पुगेका छन्। उनी गत फागुन २१ मा सम्पन्न उक्त निर्वाचन क्षेत्रबाट पराजित भएका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ १६:१५ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast