भक्तपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस १ फागुन २०७९ ९:४३ | Monday, February 13, 2023
भक्तपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

भक्तपुर- भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौँ शंकरापुर नगरपालिका वडा नं ५ पालुवारीका ४० वर्षीय शंकर भोलोन तामाङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडाँंमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल चाँगुनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

 

प्रकाशित: १ फागुन २०७९ ९:४३ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast