राइफलको गोलीसहित एक जना पक्राउ

हिमाल प्रेस २२ कार्तिक २०८३ २०:५६ | Sunday, November 8, 2026
राइफलको गोलीसहित एक जना पक्राउ

काठमाडौँ- थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका-१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका-११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जुवा खालबाट नौ जना पक्राउ

प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ। उनीहरुका साथबाट नौ बुक तास, छ लाख ८५ हजार र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८३ २०:५६ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast