चाडपर्वमा विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जामन्त्रीको निर्देशन

हिमाल प्रेस १८ कार्तिक २०८३ २०:१९ | Wednesday, November 4, 2026
चाडपर्वमा विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिएका छन्।

त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उनले मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठकअघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।

चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिएका छन्।

त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका छन्।

उनले सुख्खायाममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्यांकन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १८ कार्तिक २०८३ २०:१९ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast