बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै

हिमाल प्रेस १७ कार्तिक २०८३ १५:४७ | Tuesday, November 3, 2026
10
SHARES
बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’ हुने भएको छ।

दीपावलीको अवसरमा संघले यही कार्तिक २० देखि २२ गतेसम्म बुटवल ८ सुख्खानगरस्थित शुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सव गर्ने भएको हो। संघको मंगलबार बसेको बैठकले महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको संयोजकत्वमा महोत्सव सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ। निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याल मुल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी दिइएको महाहासचिव बसन्त ढकाले जानकारी दिए।

महोत्सव अपराह्न ४ देखि राति १० बजेसम्म सञ्चालन गरिने छ। महोत्सवमा स्थानीय, विभिन्न जातजातिका संस्कृतिसँग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका ५० स्टल राखिनेछ।

महोत्सवले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवद्र्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामाग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने संघका अध्यक्ष पौडेलले बताए।

महोत्सवमा देउसी भैलो प्रतियोगिता समेत गरिने छ।

प्रकाशित: १७ कार्तिक २०८३ १५:४७ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast