संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन सक्दैन : रवि लामिछाने

हिमाल प्रेस १४ कार्तिक २०८३ २०:५९ | Saturday, October 31, 2026
4
SHARES
संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन सक्दैन : रवि लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले लोकतन्त्र र संविधानको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको बताएका हुन्।

सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘एउटा कुरा म के स्पष्ट पार्छु भने- ‘संविधानभन्दा माथि र डेमोक्रेसी (लोकतन्त्र) भन्दा ठुलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ। यसमा कहिले पनि कसैले दुविधा गर्नुपर्दैन।’

सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने क्रियाकलाप गर्ने जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र जिम्मेवारी लिनुपर्ने बताए।

प्रकाशित: १४ कार्तिक २०८३ २०:५९ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast