एमएडब्लूले चिनियाँ गाडी सेरेस भित्र्याउने

हिमाल प्रेस २९ माघ २०७९ १२:०२ | Sunday, February 12, 2023
एमएडब्लूले चिनियाँ गाडी सेरेस भित्र्याउने

काठमाडौँ- एमएडब्लूले नेपालमा चिनियाँ विद्युतीय गाडी सेरेस ब्रान्डका गाडी भित्र्याउने भएको छ।

आगामी मार्चदेखि एमएडब्लूले सेरेसका सेडान, एसयूभीलगायत मोडलका गाडी नेपाली बजारमा भित्र्याउन सुरु गर्ने जनाएको छ। एमएडब्लूका अध्यक्ष विष्णुकुमार अग्रवालले सेरेसका अत्याधुनिक विद्युतीय गाडीहरू नेपाली बजारमा सहज र सरल रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सेरेर चिनियाँ विद्युतीय गाडी उत्पादकमध्ये एक हो। यसले ७० भन्दा बढी देशमा आफ्ना गाडी बिक्री गर्दै आइरहेको छ। सेरेस समूह सन् १९८६ मा स्थापना भएको हो।

एमएडब्लूले स्कोडा, फोटोन, चङ्गनलगायत ब्रान्डका गाडी बिक्री गरिरहेको छ। त्यसैगरी यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक पनि एमएडब्लू हो। यो समूहले जेसीबी पनि बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: २९ माघ २०७९ १२:०२ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast