कति छ तरकारीको मूल्य?

हिमाल प्रेस ११ कार्तिक २०८३ १०:४७ | Wednesday, October 28, 2026
12
SHARES
कति छ तरकारीको मूल्य?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज पनि गोलभेँडा, काउली, घिरौँला, भन्टा, बोडी, भिन्डी, परबलसहित धेरैजसो तरकारीको भाउ घटेको छ। कतिपय तकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३५ रुपैयाँ छ।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ३४, हाइब्रिड मुला ३९, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तने बोडी ६५, मकै बोडी ४५, करेला ८५, लौका ३५, लोकल परबल ५५, घिरौँला २५, हरियो डल्ले फर्सी ३५, भिन्डी ५५, रायोको साग ४०, पालुंगोको साग १२५, कन्य च्याउ ११८, डल्ले च्याउ ३२५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली १०५ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:४७ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast