सुत्केरी बिदामा शिक्षकको ठाउँ खाली नहुने, सट्टा शिक्षकका लागि तोकियो पारिश्रमिक

हिमाल प्रेस ११ कार्तिक २०८३ १०:१४ | Wednesday, October 28, 2026
1.7k
SHARES
सुत्केरी बिदामा शिक्षकको ठाउँ खाली नहुने, सट्टा शिक्षकका लागि तोकियो पारिश्रमिक

काठमाडौँ- चाँगुनारायण नगरपालिका, भक्तपुरले सुत्केरी बिदामा रहेका शिक्षकको सट्टामा वैकल्पिक शिक्षक नियुक्त गरी पठनपाठन सञ्चालन गरेबापतको रकम माग गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह गरेको छ।

नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार सुत्केरी बिदामा रहेका शिक्षकको सट्टामा बिदा अवधिभर पठनपाठन सञ्चालन गर्न नियुक्त गरिएका शिक्षकका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहअनुसार मासिक रकम उपलब्ध गराइनेछ।

पत्रमा प्राथमिक तहका लागि मासिक १५ हजार रुपैयाँ, निम्न माध्यमिक तहका लागि २० हजार रुपैयाँ र माध्यमिक तहका लागि २२ हजार रुपैयाँका दरले रकम निकासा गर्ने उल्लेख छ।

नगरपालिकाको नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार सम्बन्धित विद्यालयहरूले सुत्केरी बिदामा रहेका शिक्षकको विवरण तथा बिदा जनाई नियमअनुसार विद्यालय व्यवस्थापन समितिबाट सट्टा शिक्षक नियुक्त गरी आवश्यक कागजातसहित रकम माग गर्नुपर्ने जनाइएको छ।

नगरपालिकाको शिक्षा शाखाले सम्बन्धित विद्यालयहरूलाई आवश्यक प्रक्रिया पूरा गरी रकम माग गर्न जानकारी गराएको हो।

प्रकाशित: ११ कार्तिक २०८३ १०:१४ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast