किन विवादमा तानिए फुटबल स्टार एमबाप्पे?

हिमाल प्रेस १० कार्तिक २०८३ १६:१० | Tuesday, October 27, 2026
12
SHARES
किन विवादमा तानिए फुटबल स्टार एमबाप्पे?

काठमाडौँ- फ्रान्सका फुटबल स्टार किलियन एमबाप्पे चीनमा विवादमा परेका छन्। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङबारे टिप्पणी गरेको आरोपमा चीनका तीन कम्पनीले उनीसँगको व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन्।

सम्झौता तोड्ने कम्पनीमा पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध पदार्थ क्षेत्रको प्रमुख कम्पनी मेङनिउ र चीज उत्पादक मिल्कग्राउन्ड छन्।

एमबाप्पे फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका कप्तान हुन्। चीनका मेट्रो स्टेसनदेखि लिफ्टसम्म उनका विज्ञापन देखिने गरेका छन्। तर पछिल्लो विवादपछि ती कम्पनीले उनीसँगको सम्बन्ध तोडेका छन्।

तीनवटै कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै एमबाप्पेसँगका सम्झौता अन्त्य गर्ने घोषणा गरेका हुन्। उनीहरूले राष्ट्रिय भावनामा चोट पुर्‍याउने कुनै पनि अभिव्यक्ति र कार्यको विरोध गर्ने बताएका छन्। यद्यपि सम्झौता अन्त्य गर्नुको स्पष्ट कारण भने कम्पनीहरूले खुलाएका छैनन्।

सामाजिक सञ्जाल एक्समा एउटा भिडियो सार्वजनिक भएपछि कम्पनीहरूले यस्तो निर्णय गरेका हुन्।

उक्त भिडियो एउटा अन्तर्वार्ताको अंश भएको बताइएको छ। भिडियोमा एमबाप्पेलाई उनको मनपर्ने ‘मिम’ कुन हो भनेर सोधिएको छ। जवाफमा उनले भनेका छन्, ‘कसैले बनाएको एउटा व्यक्तिको भिडियो… मलाई लाग्छ, उनी चिनियाँ तानाशाह थिए।’

त्यसपछि भिडियोमा सम्पादन गरिएको एउटा तस्बिर देखाइएको छ, जसमा माओत्सेतुङको शरीरमा एमबाप्पेको अनुहार जोडिएको छ।

प्रकाशित: १० कार्तिक २०८३ १६:१० | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast