विश्वकप इतिहासकै बढी गोल गर्ने खेलाडी बने एम्बाप्पे, मेस्सी दोस्रो

हिमाल प्रेस ३ साउन २०८३ ५:५८ | Sunday, July 19, 2026
विश्वकप इतिहासकै बढी गोल गर्ने खेलाडी बने एम्बाप्पे, मेस्सी दोस्रो सन् २०२२ को फिफा विश्वकपमा गोल्डेन बुटका साथ फ्रान्सका किलियन एमबाप्पे। तस्बिर : एपी

काठमाडौँ– फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्।

जारी फिफा विश्वकप २०२६ मा १० गोल थप्दै एम्बाप्पेले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई ध्वस्त पारेका हुन्।

एम्बाप्पेको कुल विश्वकप गोल सङ्ख्या २२ पुगेको छ। उनले २२ खेल खेल्दै २२ गोलको दुर्लभ कीर्तिमान बनाएका हुन्। सन् २०१८ मा ४ गोल र २०२२ मा ८ गोल गरेका उनले यस पटकको विश्वकपमा सानदार प्रदर्शन गर्दै थप १० गोल गरे।

यसैगरी अर्जेन्टिनी लिजेन्ड लियोनेल मेस्सीले पनि क्लोजको रेकर्ड तोड्दै विश्वकप इतिहासकै दोस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेस्सीले यस संस्करणमा ८ गोल थपेपछि उनको कुल विश्वकप गोल सङ्ख्या २१ पुगेको छ।

यसअघि १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोज तेस्रो र १५ गोल गरेका ब्राजिलका रोनाल्डो चौथो स्थानमा धकेलिएका छन्। इङ्गल्याण्डका कप्तान ह्यारी केनले पनि यसै विश्वकपमा ६ गोल थप्दै कुल १४ गोलका साथ जर्मनीका गेर्ड मुलरको बराबरी गरेका छन्।

प्रकाशित: ३ साउन २०८३ ५:५८ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast