लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने

हिमाल प्रेस २९ माघ २०७९ ७:३४ | Sunday, February 12, 2023
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने लुम्बिनी सरकारको मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर।

लुम्बिनी- लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले आज (आइतबार) शपथ लिने भएका छन्। प्रदेश प्रमुखको सचिवालयका अनुसार दिउँसो १ बजे शपथ समारोह हुनेछ।

मुख्यमन्त्री लीला गिरीले शनिबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। गिरी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री बनेका छन्। त्यसैगरी एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादीकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी दिइएको छ।

एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन्।

यसअघि एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विनाविभागीय मन्त्री नियुक्त भएका थिए।

प्रकाशित: २९ माघ २०७९ ७:३४ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast