पश्चिम तराईमा आज हावाहुरीको सम्भावना

हिमाल प्रेस २९ माघ २०७९ ७:०१ | Sunday, February 12, 2023
पश्चिम तराईमा आज हावाहुरीको सम्भावना प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज (आइतबार) हावाहुरी लाग्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईका केही ठाउँमा अपराह्नतिर हावाहुरी लाग्ने सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेका छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

साथै प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: २९ माघ २०७९ ७:०१ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast