‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले ३ दिनमा कति गर्यो कमाइ?

हिमाल प्रेस ९ कार्तिक २०८३ १६:४१ | Monday, October 26, 2026
8
SHARES
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले ३ दिनमा कति गर्यो कमाइ?

काठमाडौँ– फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि अघिल्ला सिरिजहरूकै कलेक्सनलाई निरन्तरता दिएको छ ।

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।

सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।

चलचित्रको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका छन् ।

प्रकाशित: ९ कार्तिक २०८३ १६:४१ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast