इलाम– इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।
स्थानीयवासीका अनुसार मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनाका कारण गाडीमा सवार एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। यसअघि पनि उक्त क्षेत्रनजिकै सिङ्गर कम्पनीकै अर्को बोलेरो दुर्घटनामा पर्दा चालकको मृत्यु भएको थियो।
दुर्घटनाको विस्तृत विवरण भने अझै खुल्न बाँकी छ। घटनास्थलमा प्रहरी टोली पुग्ने क्रममा रहेको र प्रहरी पुगेपछि मात्रै मृतकको पहिचान तथा दुर्घटनाको यकिन कारणबारे आधिकारिक जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीले बताए।
प्रकाशित: ९ कार्तिक २०८३ १०:०३ | Monday, October 26, 2026
प्रतिक्रिया



