काठमाडौँ– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ।
आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानिल्सनले गोल गरे।
खेलको ३८औँ मिनेटमा रायनको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । पाँच मिनेटपछि टाभर्नियरले टोलीको अग्रता दोब्बर बनाए ।
इभानिल्सनले ७१औँ मिनेटमा गोल गर्दै बर्नमाउथलाई सहज जित दिलाए।
जितसँगै आठ खेलबाट ९ अंक जोडेको बर्नमाउथ १३औँ स्थानमा छ । पराजित युनाइटेड समान खेलबाट समान अंकका साथ १६औँ स्थानमा छ।
आइतबारै सम्पन्न अन्य खेलमा लिभरपुलले ब्राइटन तथा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दा सन्डरल्यान्डले लिड्ससँग गोलरहित र हल सिटीले ब्रेन्टफोर्डसँग १–१ को बराबरी खेले।
प्रकाशित: ९ कार्तिक २०८३ ८:१२ | Monday, October 26, 2026
प्रतिक्रिया



