एल क्लासिको : रियालसँग बार्सिलोना स्तब्ध

हिमाल प्रेस ९ कार्तिक २०८३ ७:३४ | Monday, October 26, 2026
2
SHARE
एल क्लासिको : रियालसँग बार्सिलोना स्तब्ध

काठमाडौँ– स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा रियाल मड्रिडले चिपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध २–१ को जित दर्ता गरेको छ ।

जारी सिजनको ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

क्याम्प नोउमा पाहुना टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे । बार्सिलोनाका राफिन्हाले एक गोल फर्काए।

खेलको ४१औँ मिनेटमा एमबाप्पेको गोलमार्फत रियाललले अग्रता लिएको थियो । ६१औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा एमबाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई रोमाञ्चक जित दिलाए ।

पराजय व्यहोरे पनि बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्षस्थानमा कायम छ । जित निकालेको रियाल समान खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित: ९ कार्तिक २०८३ ७:३४ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast