चिकित्सक कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेक सबै सेवा बन्द

हिमाल प्रेस २८ माघ २०७९ १८:१३ | Saturday, February 11, 2023
चिकित्सक कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौँ– शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि दुर्व्यवहार भएकोप्रति नेपाल सिकित्सक संघले आपत्ति जनाएको छ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले उक्त घटनाको भत्र्सना गर्दै आइतबार (भोलि) देशभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ।

‘राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाट्ठी चार्ज गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक नागरिकको जीवनयापनमा असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित होइन। यसको विरोधस्वरूप आइतबार (भोलि) देशभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जानकारी गराइन्छ।’

प्रकाशित: २८ माघ २०७९ १८:१३ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast