राष्ट्रपतिमा एमालेलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहाना गर्दै छ : गुरुङ

हिमाल प्रेस २८ माघ २०७९ १६:४७ | Saturday, February 11, 2023
राष्ट्रपतिमा एमालेलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहाना गर्दै छ : गुरुङ फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेको उम्मेदवार रोक्नका लागि नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको बहाना गरेको दाबी गरेका छन्।

एमाले ताप्लेजुङ-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रतिपक्षमा बसेको भन्ने र सरकारलाई समर्थन पनि गरेर कांग्रेसले सत्ता प्राप्तिका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको उनले आरोप लगाए।

कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको उनले बताए।

दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा राखे।

प्रकाशित: २८ माघ २०७९ १६:४७ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast