गगन थापाले लिए कांग्रेस सभापति पदको शपथ

हिमाल प्रेस ३१ असोज २०८३ १४:४६ | Saturday, October 17, 2026
गगन थापाले लिए कांग्रेस सभापति पदको शपथ

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शनिबार शपथ ग्रहण गरेका छन्। सभापति थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा वटुकहरूले वैदिक मन्त्र र स्वस्तिवाचन गरेका थिए। शपथपछि थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालगायतले बधाई तथा शुभकामना दिएका थिए। शपथ ग्रहण समारोहमा थापाले सभापति पदमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए।

शपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मी नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका थिए।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गर्ने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।

प्रकाशित: ३१ असोज २०८३ १४:४६ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast