कांग्रेस महाधिवेशन : अत्याधिक मतका साथ जनजाति सहमहामन्त्रीमा चुनिए बहादुरसिंह लामा

हिमाल प्रेस २८ असोज २०८३ ११:१५ | Wednesday, October 14, 2026
10
SHARES
कांग्रेस महाधिवेशन : अत्याधिक मतका साथ जनजाति सहमहामन्त्रीमा चुनिए बहादुरसिंह लामा

काठमाडौँ- नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।

आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।

जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा. गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सिता कुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बु १६८१, पुनम लामा १६३६ मत प्राप्त गरेका छन्।

त्यसैगरी पुरुषतर्फ तीर्थ लामा ४४२५, ई अनुप श्रेष्ठ २५५१, डा. प्रेमध्वज लामा २५०५, कर्मा छेरिङ शेर्पा २४०६, टेकप्रसाद गुरुङ २०९०, भीम श्रीस मगर २०४६, रामकृष्ण चित्रकार १९८२, बुद्ध लामा १९५६, गेल्जे लामा शेर्पा १८१९, वंशलाल तामाङ १७५६, अमृत गुरुङ १६८९ र सुशील गुरुङ १६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २८ असोज २०८३ ११:१५ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast