रसुवा-भोटेकोशी बाढीका मृतकको पूजामा सहभागी भए प्रचण्ड

हिमाल प्रेस २७ असोज २०८३ १५:५९ | Tuesday, October 13, 2026
10
SHARES
रसुवा-भोटेकोशी बाढीका मृतकको पूजामा सहभागी भए प्रचण्ड

नुवाकोट- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा सहभागी भएका छन्।

नुवाकोटको वेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन्। पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो।

बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न वेत्रावती पुगेका हुन्।

प्रकाशित: २७ असोज २०८३ १५:५९ | Tuesday, October 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast