विद्यालयको हाताभित्र प्रधानाध्यापक कुट्ने २ जना पक्राउ

हिमाल प्रेस २६ असोज २०८३ ७:४७ | Monday, October 12, 2026
8
SHARES
विद्यालयको हाताभित्र प्रधानाध्यापक कुट्ने २ जना पक्राउ

काठमाडौँ- बुढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्।

उनीहरूलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्रधानाध्यापक पण्डितमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

भर्नासम्बन्धी विषयमा प्रधानाध्यापक म्याद सकिएको जबाफ दिएपछि विवाद उत्पन्न भएको बताइएको छ। विद्यालयको प्राङ्गणमा नै प्रधानाध्यापकमाथि कुटपिट गरिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

सार्वजनिक भिडिओमा एक युवकले प्रधानाध्यापक पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ।

प्रकाशित: २६ असोज २०८३ ७:४७ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast