भीरबाट लडेर मृत्यु

हिमाल प्रेस २८ माघ २०७९ १०:१६ | Saturday, February 11, 2023
भीरबाट लडेर मृत्यु प्रतीकात्मक तस्बिर।

मकवानपुर- मकवानपुरमा भीरबाट लडेर एक जना पुरुषको ज्यान गएको छ। शुक्रबार राति ११ बजे जिल्लाको इन्द्रसरोबर–२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

छिमेकीको बिहेमा पुगेर घर फर्कदै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: २८ माघ २०७९ १०:१६ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast