वीरगञ्ज- नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ।
इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ।
घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहने छ। दसैँमा हुने सार्वजनिक बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी काम कारबाही सञ्चालन हुने इजलासका प्रवक्ता ध्रुवप्रसाद सुवेदीले जानकारी दिए।
उनले घटस्थापना, विजयादशमी र शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुने पनि बताए।



