काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराई थापा र शर्मालाई बधाई तथा शुभकामना दिएका हुन्।
नेता भट्टराईले थापा र शर्मा आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताउँदै उनीहरूले त्यसलाई टुट्न दिन नहुने बताएका छन् । लोकतन्त्र र संविधानको रक्षा, विकास र कार्यान्वयनमा सहकार्य अनि स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुखद र फराकिलो राजमार्गमा आफूहरूको भेट हुने बताउँदै साझा प्रयत्नले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
नेता भट्टराईले भनेका छन्–
बधाई तथा शुभकामना १ नेपाली कांग्रेसका नवनिर्वाचित सभापति र वरिष्ठ उपसभापति प्रिय साथी गगनजी र विश्वजीलाई । आशा, भरोसा र विश्वासको जगमा तपाईंहरु नेतृत्वमा आउनु भएको छ, टुट्न दिनुहुने छैन
लोकतन्त्र र संविधानको रक्षा, विकास र कार्यान्वयनमा सहकार्य अनि स्वस्थ राजनीतिक प्रतिस्पर्धाको सुखद र फराकिलो राजमार्गमा हाम्रो भेट हुनेछ । तपाईं र हाम्रो साझा प्रयत्नले व्यक्ति र स्वार्थ केन्द्रित दूषित सत्ता गठबन्धनको अत्यासलाग्दो म्युजिकल चियरबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ । सम्मानित तथा मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नु छ ।
१५ औँ महाधिवेशनको सफल आयोजनाका लागि समस्त कांग्रेसजनलाई बधाई ।



