एमाले बैठक : जुटेन सहमति

हिमाल प्रेस २३ असोज २०८३ १७:२६ | Friday, October 9, 2026
16
SHARES
एमाले बैठक : जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको छ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी कमिटीमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो।

रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भए पनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन्। मनोनयनका विषयमा स्थायी कमिटीका सदस्यहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताइन्।

बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउँदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएको सचिव अर्यालले जानकारी दिइन्।

भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पु¥याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राखेको सचिव अर्यालले उल्लेख गरिन्।

प्रकाशित: २३ असोज २०८३ १७:२६ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast