नवनेथम ‘नवी’ पिल्लाईलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा

हिमाल प्रेस २३ असोज २०८३ १५:२९ | Friday, October 9, 2026
10
SHARES
नवनेथम ‘नवी’ पिल्लाईलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा

काठमाडौँ- नोबेल कमिटीले सन् २०२६ को प्रतिष्ठित नोबेल शान्ति पुरस्कार मानवअधिकारवादी तथा वरिष्ठ कानुनविज्ञ नवनेथम ‘नवी’ पिल्लालाई प्रदान गर्ने घोषणा गरेको छ।

नोबेल पुरस्कारको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार पिल्लालाई विश्वमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय कानुनको प्रवद्र्धनमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो।

दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिल्लाईले तत्कालीन रंगभेदको कठिन समयमा गम्भीर भेदभाव र सामाजिक असमानताको सम्मान गरेकी थिइन्।

ती चुनौतीहरुका बाबजुद वकालत पेसामा प्रवेश गरेकी उनले आफ्नो निष्ठा र क्षमताका बलमा कानुनी क्षेत्रमा बेग्लै र विशिष्ट पहिचान बनाउन सफल भइन्।

आफ्नो लामो कानुनी तथा सामाजिक यात्राका क्रममा पिल्लाईले संस्थागत भेदभाव, नस्लीय पृथकीकरण र समाजका सीमान्तकृत समुदायलाई पाखा लगाउने जस्ता संरचनात्मक चुनौतीहरुका विरुद्ध निरन्तर सशक्त आवाज उठाउँदै आएकी छन्।

प्रकाशित: २३ असोज २०८३ १५:२९ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast