इरानको हिरासतमा रहेकी नोबेल पुरस्कार विजेता नर्गिस अस्पताल भर्ना

हिमाल प्रेस १९ वैशाख २०८३ १८:०१ | Saturday, May 2, 2026
18
SHARES
इरानको हिरासतमा रहेकी नोबेल पुरस्कार विजेता नर्गिस अस्पताल भर्ना

काठमाडौँ- इरानकी मानवअधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।

कारागारमा रहेकी मोहम्मदीको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि इरानको जन्जानस्थित एक अस्पताल लगिएको उनका समर्थक र परिवारले पुष्टि गरेका छन्।

मोहम्मदीका वकिल मुस्तफा निलीका अनुसार सुरूमा रक्तचापको समस्याका कारण उनी बेहोस भएकी थिइन्।

मोहम्मदीको फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार उनलाई हृदयघातको उपचारका लागि भर्ना गरिएको हो। यसअघि मार्च महिनामा पनि उनलाई हृदयघात भएको आशंका गरिएको थियो। त्योबेला आवश्यक चिकित्सा सेवाबाट वञ्चित गरिएको उनका समर्थकहरूको दाबी छ।

५३ वर्षीया मोहम्मदीले विगत दुई दशकभन्दा बढी समयदेखि इरानमा महिला अधिकार र मृत्युदण्डविरूद्ध अभियान चलाउँदै आएकी छन्। महिला अधिकारको पक्षमा आवाज उठाएवापत सन् २०२३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पछिल्लोपटक इरानी धर्मगुरु तथा अधिकारीविरूद्ध बोलेको आरोपमा उनलाई गत डिसेम्बरमा पूर्वी सहर मशादबाट पक्राउ गरिएको थियो। उनले विशेष गरी इरानको हिजाब नियम र मृत्युदण्डको सजायविरूद्ध अभियान सञ्चालन गर्दै आएकी थिइन्।

प्रकाशित: १९ वैशाख २०८३ १८:०१ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast