पोखरामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

हिमाल प्रेस २२ असोज २०८३ २०:०१ | Thursday, October 8, 2026
6
SHARES
पोखरामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

पोखरा- पोखरामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको ज्यान गएको छ।

पोखरा–१८, अँध्यारोकुना, चिसापानीमा घरको जग्गा खन्ने क्रममा बिहीबार दिउँसो उनीहरु पुरिएका थिए।

मृत्यु हुनेमा पर्वत जिल्ला महाशिला गाउँपालिका–६, फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७, पालुङटारका ३७ वर्षीय राजु कुमाल हुन्।

करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका उनीहरुलाई एक्कासी माटोको ढिस्कोले पुरेर घाइते बनाएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तीमध्ये सुनारको उपचारकै क्रममा बिहीबार साँझ ५ बजेर ४ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

अर्का कुमालको साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, मालेपाटनबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो।

पोखरामा बिहीबार दिउँसो भारी वर्षासमेत भएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रवक्ता प्रवक्ता पासवानले जनाए।

प्रकाशित: २२ असोज २०८३ २०:०१ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast