ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक कारबाहीमा

हिमाल प्रेस २८ माघ २०७९ ७:२९ | Saturday, February 11, 2023
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक कारबाहीमा फाइल तस्बिर- महानरीय ट्राफिक प्रहरी महाशाखा।

कास्की- जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गर्नेगरी तीव्र गतिमा लापरवाहीपूर्वक बाइक चलाउने ५० जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले माघ २६ र २७ गते दुई दिन ती बाइक चालकहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ। मोटरसाइकल मोडिफाई गरी शान्ति सुरक्षा नै भंग गर्नेगरी आवाज निकाल्ने ती बाइक चालकलाई कारवाही गरिएको प्रहरीको भनाइ छ।

सडकमा हड्ने बटुवा तथा स्थानीय व्यापारीको गुनासो बढेपछि कास्की ट्राफिक प्रहरीले २५ गते बाट अभियान सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाइकलहरु नियन्त्रणमा लिन सुरु गरेको थियो।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई पहिलेकै स्वरूपमा परिवर्तन गर्न लगाई एक हजार देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिएको प्रहरीले जनाएको छ।

मोडिफाइड सवारी चालकलाई सवारी नियमसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा आफूहरू लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।

 

प्रकाशित: २८ माघ २०७९ ७:२९ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast