कांग्रेस महाधिवेशनको बन्द सत्र जारी

हिमाल प्रेस १९ असोज २०८३ १४:२१ | Monday, October 5, 2026
कांग्रेस महाधिवेशनको बन्द सत्र जारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र आज दोस्रो दिन जारी छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा पेस गर्ने ‘एजेन्डा’ पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको थियो।

तीन वटा क्लस्टरमा विभाजन गरेर बन्दसत्रमा छलफल भइरहेको छ। पहाड, हिमाल र मधेश तराई गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु भएको हो।

सुरुवातमा पहाडको बन्दसत्र चलेको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई-मधेश हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिलाई सम्बन्धित हलमा विभाजन गरिएको हो।

हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै,पहाड हलमा बागमती प्रदेशका एक हजार २१७ र लुम्बिनी प्रदेशका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन्।

तराई-मधेश हलमा मधेश प्रदेशका एक हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेस गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव,उपसभापतिले पेस गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

प्रकाशित: १९ असोज २०८३ १४:२१ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast