कांग्रेसका सबैभन्दा पुराना सदस्य सम्मानित

हिमाल प्रेस १८ असोज २०८३ १६:५४ | Sunday, October 4, 2026
कांग्रेसका सबैभन्दा पुराना सदस्य सम्मानित

काठमाडौँ- नेपाली कांग्रेसका सबैभन्दा पुराना सदस्य मथुराप्रसाद श्रेष्ठ सम्मानित भएका छन्।

कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सभापति गगनकुमार थापाले उनलाई सम्मानित गरेका हुन्।

गुल्मी घर भएका श्रेष्ठले २००७ चैत २६ गते कांग्रेसको सदस्यता लिएका थिए। मुलुकमा प्रजातन्त्र स्थापना भएको झन्डै एक महिनापछि उनले तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाबाट सदस्यता प्राप्त गरेका थिए।

कांग्रेसको सदस्यता लिएका बेला उनको उमेर १८ वर्ष थियो।

कांग्रेसमा अहिले जीवित सदस्यमध्ये श्रेष्ठ सबैभन्दा पुराना सदस्य रहेको कांग्रेस नेताहरूले बताएका छन्।

प्रकाशित: १८ असोज २०८३ १६:५४ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast