पोखरा- कास्की प्रहरीले ‘अपरेसन–३६५’ अन्तरगत हालसम्म कुल ८८२ सवारीसाधन नियन्त्रणमा लिएको छ।
उक्त कारबाहीमा ३६ जना मानिस नियन्त्रणमा लिइ कारवाही गरिएको छ। पछिल्लो समय ११ सवारीसाधन नियन्त्रणमा लिएको कास्की प्रहरीले जनायो।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतसमेतका कार्यालयबाट शुक्रबार राति पोखराका विभिन्न स्थानमा चेकजाँच गर्दा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने थप ११ मोटरसाइकल नियन्त्रणमा लिइएको थियो।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले तालचोक क्षेत्रबाट ७ मोटरसाइकल, वडा प्रहरी कार्यालय बैदामबाट लेकसाइड र राष्ट्रबैंकचोक क्षेत्रबाट १ मोटरसाइकल, वडा प्रहरी कार्यालय बगरबाट नदीपुर क्षेत्रबाट १ मोटरसाइकल र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अमरसिंहचोक क्षेत्रबाट २ मोटरसाइकल नियन्त्रणमा लिइएको हो।



