दुवै सदनको अविधेशन अन्त्य, ६ महिनामा १२ विधेयक पारित

हिमाल प्रेस १६ असोज २०८३ १८:५८ | Friday, October 2, 2026
दुवै सदनको अविधेशन अन्त्य, ६ महिनामा १२ विधेयक पारित

काठमाडौँ- संघीय संसदअन्तर्गतको दुवै सदनको अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गरेका हुन्।

२०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म ६२ वटा बैठक बसी २ सय ७७ घण्टा ३० मिनेट संसदीय कामकारवाहीमा व्यतित भएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए।

यस अधिवेशनमा दुवै सदनबाट १२ वटा विधेयकहरु पारित भइ ११ विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेका छन्। सभामुख अर्यालले संसदको यस अधिवेशनमा कानुन निर्माण बहुमतको प्रक्रिया मात्र नभई संवाद, विमर्श, सहमति र सहभागिताबाट जनमुखी बन्ने मान्यता स्थापित भएको र महत्वपूर्ण कानुनहरू निर्माण गरिएको बताए।

युवा सांसदहरूको सक्रियता, अध्ययनशीलता, विश्लेषण र परिपक्वताको प्रशंसा गर्दै युवाको उर्जा र अनुभवी सदस्यहरूको ज्ञानको समन्वयले संसदलाई जीवन्त बनाएको उनले उल्लेख गरे।

सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्षको औपचारिक विभाजनभन्दा माथि उठेर संसदीय मर्यादा, सहजता र प्रभावकारिता कायम राख्न सबै सदस्यहरूले देखाएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्राप्त पत्रअनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य भएको पत्र वाचन समेत गरेका थिए।

प्रकाशित: १६ असोज २०८३ १८:५८ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast