उद्यम नगर्ने पुँजीपतिहरूले देशलाई गलत बाटोमा लगे : घनश्याम भुसाल

हिमाल प्रेस २७ माघ २०७९ १५:५९ | Friday, February 10, 2023
उद्यम नगर्ने पुँजीपतिहरूले देशलाई गलत बाटोमा लगे : घनश्याम भुसाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले उद्यम नभएका पुँजीपतिहरूले नेतृत्व गरेका कारण देश गलत बाटोमा गएको बताएका छन्। विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन-०७९ मा बोल्दै उनले यस्तो बताएका हुन्।

‘उद्यम नगर्ने पुँजीपतिहरूका कारण आज देशले यो गति लिएको हो। सीमित पुँजीपति जसको हातमा राजनीतिको नेतृत्व छ, त्यस्ता व्यक्तिहरूबाट देश विकास हुनसक्दैन,’ उनले भने।

भुसालले अबको राजनीति समाजवाद हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने पनि बताए।

प्रकाशित: २७ माघ २०७९ १५:५९ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast