वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

हिमाल प्रेस १५ असोज २०८३ ७:४० | Thursday, October 1, 2026
वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी- वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार, सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा सडकका विभिन्न स्थानमा लेदो र ठूला ढुंगासहित पहिरो खसेको थियो। पहिरो हटाएपछि पालिकाभित्र अवरुद्ध भएका सबै शाखा सडक पनि सञ्चालनमा आएको उनले बताए।

सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट तम्घास, बागलुङ, पाल्पा, बुटवल तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु समस्यामा परेका थिए। सडक सञ्चालनमा आएपछि रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। रासस

प्रकाशित: १५ असोज २०८३ ७:४० | Thursday, October 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast