जनकपुरबाट सुरु भयो ‘भगवत् गीता’को छायांकन

हिमाल प्रेस २७ माघ २०७९ १५:०९ | Friday, February 10, 2023
जनकपुरबाट सुरु भयो ‘भगवत् गीता’को छायांकन

काठमाडौँ- फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ। जनकपुरमा फिल्मका केही दृश्य छायांकन गरिएका छन्। छायांकनका लागि अहिले ‘भगवत् गीता’को टोली जनकपुरमा छ।

झरना थापाको निर्देशन रहने फिल्ममा सुहाना थापा र धीरज मगरसँगै विपिन कार्की मुख्य भूमिकामा छन्।

जनकपुरसँगै मनाङमा पनि फिल्मको छायांकन हुने निर्माण पक्षले जनाएको छ। फिल्मको प्रदर्शन मिति छायांकनपछि मात्र टुंगो लाग्ने निर्माण पक्षको भनाइ छ।

यसअघि सानो भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म वैशाख १ मा प्रदर्शनमा आउने जनाएको थियो।

केही समयअघि फिल्म विवादमा परेको थियो। फिल्मविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको थियो।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्मले हिन्दूहको धार्मिक आस्थामा आघात पु¥याएको भन्दै हिन्दू जागरण नेपालले फिल्मविरुद्ध बोर्डमा उजुरी दिएको थियो।

प्रकाशित: २७ माघ २०७९ १५:०९ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast