दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस १४ असोज २०८३ १५:२९ | Wednesday, September 30, 2026
दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता र प्राविधिक दक्षताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।

प्रधानमन्त्री शाहले भने,‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’

उनले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए।

निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे।

प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ मानिसको संज्ञा दिँदै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय ल्याएर त्यसमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुकको विकास गर्न सकिने धारणा राखे।

प्रकाशित: १४ असोज २०८३ १५:२९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast