संविधानको रक्षाका लागि कांग्रेसकै राष्ट्रपति हुनुपर्छ : प्रवक्ता महत

हिमाल प्रेस २७ माघ २०७९ १४:०४ | Friday, February 10, 2023
संविधानको रक्षाका लागि कांग्रेसकै राष्ट्रपति हुनुपर्छ : प्रवक्ता महत

चितवन- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताएका हुन्।

‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ। सकारात्मक प्रतिक्रियाहरू आएका छन्,’ उनले भने। कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो।

नेपालको आर्थिक, सामाजिक रूपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए।

कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो।

फरक प्रसंगमा प्रवक्ता डा. महतले अहिलेको गठबन्धन महत्त्वकांक्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे। ‘राजा चाहिन्छ भन्ने पनि छन्। चाहिँदैन भन्ने पनि छन्। यसले के अर्थ दिन्छ ?,’ उनले भने।

प्रकाशित: २७ माघ २०७९ १४:०४ | Friday, February 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast