शंकर अग्रवाल : सर्वोच्चबाट धरौटीमा रिहा हुने आदेश, विशेष अदालतले थुनामै पठायो

हिमाल प्रेस १४ असोज २०८३ ६:३७ | Wednesday, September 30, 2026
6
SHARES
शंकर अग्रवाल : सर्वोच्चबाट धरौटीमा रिहा हुने आदेश, विशेष अदालतले थुनामै पठायो

काठमाडौँ-  सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई थुनामै राख्ने आदेश दिएको हो। विशेष अदालतको यो आदेशसँगै अग्रवाल पुनः कारागार चलान भएका छन्।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत भदौ ३१ गते अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सो इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा छाड्न भनेको थियो । सर्वोच्चले आफ्नो आदेशमा विभिन्न अभियोगमा अग्रवालको प्रत्यक्ष भूमिका नदेखिएको साथै उनको उमेर र स्वास्थ्य अवस्थालाई पनि आधार बनाएको थियो।

प्रकाशित: १४ असोज २०८३ ६:३७ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast