चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि रेस्क्यु गरिएको हो : प्रवक्ता पोखरेल

हिमाल प्रेस १३ असोज २०८३ १७:०१ | Tuesday, September 29, 2026
14
SHARES
चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि रेस्क्यु गरिएको हो : प्रवक्ता पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको गरेको छ। सरकारले जबरालाई सुरक्षा खतराका कारण सुरक्षित स्थानमा लगिएको जनाएको छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जबरालाई पक्राउ गरिएको भन्ने कुरा सत्य नभएको बताए।

‘स्पष्ट नै भइनैसकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन,’ उनले भने, ‘उहाँकै आफ्नो परिवारबाट उहाँको सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाइएको छ।’

परिवारबाट सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा निवेदन आएपछि जबरालाई सुरक्षित स्थानमा लगिएको उनको भनाइ छ।

‘उहाँको सुरक्षामा प्रश्न आएपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन,’ प्रवक्ता पोखरेलले भने।

जबरालाई कुन कारणले सुरक्षा दिइएको भन्नेबारे सोधिएको प्रश्नमा उनले सुरक्षा खतरा सम्बन्धी विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।

उनका अनुसार जबरालाई कुनै निश्चित समूहबाट खतरा आएको भन्ने सरकारले पुष्टि गरेको छैन।

‘जेनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा उहाँलाई फोनमा, टेक्स्टमार्फत नै थ्रेट आइसकेपछि उहाँलाई सुरक्षित स्थानमा लगिएको हो,’ उनले भने।

प्रवक्ता पोखरेलले जबरालाई सुरक्षा दिनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।

प्रकाशित: १३ असोज २०८३ १७:०१ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast